लेबनान–इजरायल युद्धविराम घोषणा, हिजबुल्लाहका गतिविधि रोक्नुपर्ने सर्त

काठमाण्डु– इजरायल र लेबनानले युद्धविराम कार्यान्वयनका लागि सहमति गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार यो सहमति इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले सबै प्रकारका आक्रमण पूर्ण रूपमा बन्द गर्ने लगायतका सर्तहरूमा आधारित छ। अमेरिकाको मध्यस्थतामा वासिङ्टनमा सम्पन्न चौथो चरणको वार्तापछि भएको सहमतिअनुसार दक्षिणी लेबनानमा इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट हिजबुल्लाहका सबै लडाकु हटाइनुपर्नेछ। उक्त क्षेत्र…