साढे ६ महिनापछि काठमाण्डु महानगर कार्यपालिका बैठक

काठमाण्डु- काठमाण्डु महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्नेछ । प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो। लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन्द्र शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह…