काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पौडेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।पौडेलमाथि १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ। आर्थिक वर्ष २०७६/७७ मा ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’ आयोजना अन्तर्गत आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो भएको…