काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् । इजरायलबाट ल्याइएको विपिनको शव सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रधानमन्त्री कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । श्रद्धाञ्जलि कार्यक्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश…