युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ : डा. कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेसनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए…