काठमाण्डु - पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको सोमबार टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ । कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएका शेर्पाको पार्थिव शरीरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो…