काठमाण्डु- उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश गरेको छ । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवलमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउन आदेश दिएकाे हो । रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा…