काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खाको जोखिममा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकताअनुसार रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको सोमबार बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।…