एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : अर्जुन पोखरेल

काठमाण्डु– नेपाली संगीत क्षेत्रका चर्चित संगीतकर्मी अर्जुन पोखरेलको संगीत यात्रा उनको बाल्यकालमै सुरु भएको हो । उनका बुबा चितवन भजन टोलीका अध्यक्ष थिए भने आमा लोकदोहोरी गायिका । यही पारिवारिक वातावरणले उनलाई संगीतप्रति प्रेरित ग‍र्यो । पोखरेलले बाल्यकालमै मादल बजाउन सिके र बुबाआमासँगै भजन गाउँथे । ‘म चार–पाँच कक्षादेखि नै चर्चित थिएँ, ’उनी सम्झन्छन्, ‘त्यतिबेला…