काठमाण्डु – पछिल्लो समय देशैभर लागूऔषधको बिगबिगी बढ्दै गएको छ । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो ६२५ ग्रामसहित थाइल्याण्डका नागरिक २८ वर्षीय कोपा चन्स शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाण्डु…