कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

काठमाण्डु- देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा…