काठमाण्डु – भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । विमानमा २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेकोमा लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ…