दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए…