काठमाण्डु – शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । उच्च शोसहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाण्डु उपत्याकामा मात्रै सिनेमालाई बिहीबार २१ शो दिइएको छ…