काठमाण्डु– प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संसोधन) अध्यादेश २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव स्वीकृत गर्यो।