सहकारीको रकम अपचलन प्रकरण : संसदीय समितिद्वारा गृहसचिव आर्याल र आइजीपी कुँवरसँग सोधपुछ

काठमाण्डु – सहकारी संस्थाका बचत अपचलन र हिनामिनाबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव यकनारायण अर्याल र प्रहरी महनिरीक्षक (आइजीपी) बसन्त कुँवरसँगसँग सोधपुछ गरेको छ। समितिले शुक्रबारको बैठकमा गृहसचिव अर्याल र आइजीपी कुँवरसँग सहकारीको बचत ठगीका विषयमा आएका उजुरीमा केन्द्रित रहेर सोधपुछ गरेको समिति संयोजक एमाले सांसद सूर्यबहादुर थापाले जानकारी दिए । थापा नेतृत्वको…