आर्मी हेडक्वाटरमा दुर्गा प्रसाईँ र प्रधानसेनापति सिग्देलबीच छलफल

काठमाण्डु– व्यवसायी दुर्गा प्रसाईँ आर्मी मुख्यालय पुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलले छलफलका लागि बोलाएपछि प्रसाईँ मुख्यालय पुगेका हुन्। जेनजी आन्दोलनपछि नेतृत्वविहीन बनेको सरकारबारे विभिन्न व्यक्ति र प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका प्रधानसेनापतिले बुधबार प्रसाईँलाई बोलाएर भेटवार्ता गरेका हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना र विभिन्न सुरक्षा निकायले आन्दोलन अन्त्य गरी वार्तामा आउन आह्वान गरेका थिए।