काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयमा बुधबार केन्द्रीय सुरक्षा समितिको विशेष बैठक बसेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था र निर्वाचन लक्षित सुरक्षा चुनौतीका बारेमा विस्तृत छलफल भइरहेको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…