चुनावमा त्रुटिरहित तवरले जिम्मेवारी निभाउन प्रहरीलाई आईजीपी सिहंको निर्देशन

काठमाण्डु – नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो जिम्मेवारी निष्पक्ष र त्रुटिरहित तवरले निर्वाह गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले पुरा गर्न निर्देशन दिएका हुन्। उनले…