काठमाण्डु - सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो। मेलम्ची नगरपालिका ४ को ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि स्थिति नियन्त्रण लिन नेपाली सेना अघि सरेको थियो। अहिले स्थिति नियन्त्रणमा रहेको छ। नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ…