काठमाण्डु - सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्णपूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको हाे । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।