काठमाण्डु- आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीले छापा मारेको छ । शाहीको बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित घरमा सैनिक प्रहरीको टोलीले छापा मारेको हो । शाहीलाई मंगलबार प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा सैनिक प्रहरीले पक्राउ गरेको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाका निकट जर्नेल शाही आफ्नो पदावधि एक वर्ष थप हुनुपर्ने…