काठमाण्डु – नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको डीआईजीमा बढुवा भएको हो । यसअघि बढुवाका लागि सिफारिस गरिएको थियो । बढुवापछि मन्त्रालयले पाँचै डीआईजीको पदस्थापन गरेको छ ।…