परासी – सवारी दुर्घटना न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुनवल नगरपालिका–७ ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय परासीले सुनवल नगरपालिकाको सहयोगमा प्रहरीचौकी स्थापना गरेको हो । स्थानीयवासीको लामो समयदेखिको माग र पहलबाट स्थापित प्रहरीचौकीको सुनवल नगरपालिकाका…