काठमाण्डु – नेपाल–भारत सीमा क्षेत्र दोधारा चाँदनी नगरपालिका–१० कञ्जभोजमा आज सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापाले बिओपीको एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा उजले मातृभूमिको रक्षाका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबिसै घण्टा तैनाथ रहेको बताए । ‘सीमा क्षेत्रको सुरक्षा गरी मातृभूमिको ऋण चुक्ता…