जागिर नै जाने भएपछि सशस्त्रका इन्सपेक्टरले फिर्ता गरे ४० हजार घुस

काठमाण्डु – सशसत्र प्रहरीका इन्सपेक्टरले ४० हजार रुपैयाँ घुस फिर्ता गरेका छन् । बोर्डर आउट पोस्ट (बीओपी) पचरौतामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले भैंसी व्यापारी देयाली यादवसँग लिएको ४० हजार रुपैयाँ घुस फिर्ता दिएका हुन् । उनले घुस लिएको अडियो सार्वजनिक भएपछि भैंसी व्यापारीका भाइ गजेन्द्र यादवलाई मंगलबार कार्यालयमा बोलाएर फिर्ता गरेको उक्त…