नेपाली सेनालाई अमेरिकाले दियो साढे चार लाख डलरको स्वास्थ्य सामग्री

काठमाडौं – अमेरिकाले नेपाली सेनालाई कोरोना भाइरस महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि साढे चार लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार सैनिक मुख्यालय जंगी अड्डा पुगेर अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७७’ को…