चिसोले सुनखानीको प्रहरी चौकी सदरमुकाम फिर्ता

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ । वडा –६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो । यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ…