जुम्ला – जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो । यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टिन…