काठमाडाैं - ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजना गरिएको बृहत् प्रदर्शनी १३ हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन् । फागुन १ गतेदेखि शुरुभएको सो प्रदर्शनी शनिबार (सेनाको बृहत् प्रदर्शनी सर्वसाधारणको आकर्षण) समापन भएको छ । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले जङ्गी अड्डा परिसरमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले गरेका उल्लेखनीय काम…