फेरिँदै गुप्तचर विभाग, विदेशका सूचनाको संकलन र विश्लेषण क्षमता बढाइँदै

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बम विस्फोट लगायत विध्वंशकारी घटना गराउँदा स्वाभाविक प्रश्न जन्मिन्छ – नेपालको गुप्तचर निकायले विध्वंशकारी घटनाबारे पूर्व जानकारी किन राख्दैन ? नेपालमा राष्ट्रिय अनुसन्धान विभागले गुप्तचर तथा गोप्य सूचना संकलन गरेर सरकारलाई उपलब्ध गराउने काम गर्छ । गुप्तचरको सूचनाका आधारमा सरकार र सुरक्षा निकायले आवश्यक सावधानी र पूर्व तयारीको काम गर्छन्…