काठमाडौं - सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला,विभिन्न जाति,समुदाय,धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । सैनिक नियमावली, २०६९ को नियम ५…