प्रधानसेनापतिको आतिथ्यमा सैनिक श्रीमती संघको कार्यक्रम सम्पन्‍न

काठमाडौं – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्‍न भएको छ । सैनिक श्रीमती संघको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर १ गते आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा सेवा सुमन ३६ औं अंक पुस्तकको बिमोचन तथा उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो ।…