काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेश भ्रमाणमा जाने भएका छन् । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा चारदिने भ्रमणका लागि २८ पुसमा ढाका जाने भएका हुन् । प्रधानसेनापति थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनले समकक्षी अजिजसँग द्विपक्षीय वार्ता गर्नेछन् । बंगलादेशी सेनाका…