रौतहट – रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । इशनाथ–३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरीएको प्रेसरकुकर राखेका थिए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय पारेको हो । झोलामा रहेको…