कमलादीमा डिआइजी विश्वराज पोखरेललाई चक्कु ताकियो

नारायण ढुङ्गाना काठमाडौं – शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती…