सुर्खेत- भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पत्ती सुर्खेतबाट पक्राउ परेका छन्। पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो। कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ…