काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा निकायले आ–आफ्नो भूमिका निर्वाह गर्न प्रहरी संगठन सदैव तत्पर रहेको बताए । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध लगाएत राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै…