काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जुनसुकै प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै । आईजीपी खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेको भन्दै त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।…