प्रधानसेनापतिलाई भारतको राष्ट्रिय सुरक्षा स्वार्थबारे एक घण्टाको गोप्य ‘ब्रिफिङ’

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गत पुस २७ गतेदेखि ५ दिनसम्म भारत भ्रमण गरे । थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा नयाँदिल्ली गएका थिए । भारत भ्रमणमा रहँदा सेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । दुवै देशबीच चल्दै आएको परम्परा अनुसार मानार्थ महारथीको…