प्रहरी जवानद्वारा आत्महत्या

पाँचथर– पाँचथरको फिदिम–८ को तमाखे प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवानले आत्महत्या गरेका छन्। इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन्। उनले प्रहरी चौकीभन्दा एकसय मिटर टाढा रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ। करिब ३६ वर्षीय विष्टले फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो…