पूर्वडिआइजी मल्ल भन्छन्– प्रहरीभित्र डरलाग्दो राजनीतीकरण

काठमाडौं–नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले राजनीतिक हस्तक्षेपका कारण प्रहरीले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण नै नरहेको खुलासा गरेका छन्। प्रहरी संगठनभित्र मौलाएको राजनीतीकरणले गर्दा प्रहरीमा पेसाप्रतिको दक्षता, इमानदारी र समर्पण कम हुँदै गएको उनको टिप्पणी छ। नयाँ पत्रिकाको मंगलबारको अंकमा ‘समाजमा अपराध बढ्नुका ६ कारण’ शीर्षकमा लेख लेखेका पूर्वडिआइजी मल्लले पहिलो जनआन्दोलनपछि निर्वाचित…