काठमाडौैं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने, ‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस्।’ उनले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाजनै भताभुंगको अवस्थामा जान लागेको…