काठमाडौं– भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल आएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा रावत ३ दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार काठमाडौं पुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरे। नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मंगलबार आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आएको…