रक्षामन्त्री पोखरेलको निर्देशन : काठमाडौँ-तराई-मधेश द्रुतमार्ग समय सीमाभित्रै पूरा गर्नु

काठमाडौं - काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) नेपालको विकासको आधारशीला भएकाले यसलाई समय सीमाभित्रै पूरा गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्देशन दिएका छन्। मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा पोखरेलले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्ष्भित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिएका हुन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त राष्ट्रिय…