‘इन्काउन्टर’मा मारिएका आफन्तले आयोगमा उजुरी दिए– ‘प्रहरीले गैरन्यायिक हत्या गर्यो’

काठमाडौं– भक्तपुरको डोलेश्वरस्थित घ्याम्पेडाँडामा सोमबार प्रहरी ‘इन्काउन्टर’ मा मारिएका अजित तामाङ र गोपाल तामाङका आफन्तले मानव अधिकार आयोगमा उजुरी दिएका छन् । मृतक द्वयमाथि प्रहरीले नियतवश गोली चलाएको र यो गैरन्यायिक हत्या भएको दाबी गर्दै उजुरी दिइएको हो । पेप्सीकोला काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरणपछि भएको हत्याका विषयमा छानबिन तथा दोषीको खोजी गर्नेक्रममा प्रहरीले…