काठमाडौं– काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई हटाइएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा धानुकलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइएको हो । एमाले सांसद एंवम् नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई मुद्दा नचलाउने अडान लिएपछि धानुकको सरुवा गरिएको हो । उनको ठाउमा एसएसपी विश्व पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।…