सार्वजनिक सम्पत्तिको रक्षाका लागि राति १० बजेदेखि देशैभर सेना तैनाथ हुने घोषणा

काठमाण्डु – नेपाली सेनाले हालको विषम परिस्थितिमा लुटपाट, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि रोक्न सबैमा आग्रह गरेको छ । सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधि जारी रहेमा मंगलबार राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा दृढतापूर्वक खटिने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली सेनाले सर्वसाधारण नागरिक तथा राष्ट्रिय सम्पत्तिको सुरक्षालाई…