काठमाण्डु - सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री रमेश लेखकको जवाफ मागेकी छन् । कांग्रेस सांसद शान्ति विकले गृहमन्त्री लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको सरकारी व्यवहारले ६० लाख दलित समुदायको अपमान भएको…