काठमाण्डु - दक्षिण एसियाली महासंघ (साफ)ले साफ फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। साफले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ। महिलातर्फको पहिलो खेल जनवरी १३ का हुनेछ जहाँ उद्घाटन खेलमा तीन खेल हुनेछ। दिनको पहिलो खेलमा मालदिभ्स र भारतबिच दिउँसो…